संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयासविरुद्ध कांग्रेस उभिनुपर्छः थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले देशका संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयासविरुद्ध कांग्रेस बलियो ढंगले उभिनुपर्ने बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन संघको आज काठमाडौंमा आयोजित राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा बोल्दै नेता थापाले देश बलियो बनाउने भन्दा आफू बलियो बन्ने गलत दर्शनबाट प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओली अघि बढिरहेको आरोप लगाउँदै त्यसविरु...









