प्रधानमन्त्रीले वैज्ञानिकहरुलाई भने, ‘यथास्थितिमै सन्तोष गर्न छोड्नुस’
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट)का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकहरुलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्नेगरी आविष्कार र अनुसन्धानतर्फ लाग्न अपिल गरेका छन् ।
सोमबार सम्पन्न नास्टको ४४ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रव...









