दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पुरयाउने लक्ष्य ।।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पुरयाउने लक्ष्य सहित भिजन पेपर–२०३० सार्वजनिक गरेको छ । यो भिजन पेपरमा वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने परिकल्पना सहित एक सयवटा योजनाहरु समावेश गरिएको छ । आज काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईको ५५ औं वार्षिक साधारण सभामा महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपर सार्वजनिक गर्नुभएको हो । महासंघको वर्...









