रघुजी पन्तबाट मेरो चरित्रहत्या प्रयास भयोः कोमल वली

रघुजी पन्तबाट मेरो चरित्रहत्या प्रयास भयोः कोमल वली
काठमाडौं । राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल वलीले रघुजी पन्तबाट आफ्नो चरित्रहत्या प्रयास भएको भन्दै न्यायका लागि अदालत जाने बताएकी छन् । उनले राजनीतिक नेतृत्वबाटै आफ्नो चरित्रहत्याको प्रयास भएको भन्दै प्रहरी र अदालतको ढोका ढक्ढकाउने जानकारी दिइन् । आफूले यो विषयमा सबैसँग सरसल्लाह गरिरहेको र सबैले कानूनी प्रक्रियामा जान सुझाव दिएको उनले बताइन् । माधव प्रचण्ड समूहका नेता पन्तको अभिव्यक्ति...

हङकङमा आज २२ जना नयाँ कोरोना केस थपिए, K11 क्लस्टरबाट संक्रमित हुनेको संख्या ४४ पुग्यो

हङकङमा आज २२ जना नयाँ कोरोना केस थपिए, K11 क्लस्टरबाट संक्रमित हुनेको संख्या ४४ पुग्यो
२८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २२ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकाछ्न। जसमा ५ आयातित ( ३ जना फिलिपिन्सबाट आएका डोमेस्टिक हेल्पर, १ जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर र एक जना पाकिस्तानबाट आएकि ४३ वर्षीया महिला  यात्री  ) र...

हङकङ डलर ८०,०००बेरोजगारी ॠण र प्रत्येकलाई $५,००० को कुपनबारे प्रतिक्रिया-“गरिबलाई फाइदा नहुने योजना”

हङकङ डलर ८०,०००बेरोजगारी ॠण र प्रत्येकलाई $५,००० को कुपनबारे प्रतिक्रिया-“गरिबलाई फाइदा नहुने योजना”
२८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । यस वर्षको वार्षिक बजेट अन्तर्गत सरकारले गत वर्ष जस्तो हङकङ डलर दस हजार वितरण गरेन । जसको सट्टामा सरकारले इलेक्ट्रोनिक माध्यमबाट खर्च गर्न मिल्ने हङकङ डलर पाँच हजार बराबरको भौचर मात्रै दिने निर्णय गर्‍यो । प्रत्येक १८ वर्ष  टेकेका र १८ वर्ष भन्दा माथिका हङकङका स्थाइ वासिन्दा र हङकङ भर्खरै प्रवेश गरेकाले हङकङ डलर पाँच हजार बराबरको इलेक्ट्रोनिक भ...

३१ सिडियोसहित गृह मन्त्रालयका ५२ अधिकारीको सरुवा (हेर्नुहोस् सूची)

३१ सिडियोसहित गृह मन्त्रालयका ५२ अधिकारीको सरुवा (हेर्नुहोस् सूची)
काठमाडौं । ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा भएको छ । आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उनीहरुको सरुवा गरेको हो । जसमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको पाल्पा, बाग्लुङका प्रजिअ सुरेश न्यौपानै सिन्धुली, गोरखका प्रजिअ तिर्थराज भट्टराई महोत्तरी, सिन्धुपाल्चोकका प्रजिअ उमेश कुमार ढकाल सुनसरी, सुनसरीका पणिन्द्रमणि ...

नेकपा संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराई

नेकपा संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराई
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराईलाई मनोनित गरेका छन् । प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलको विधान २०७५ को दफा १३ बमोजिम भट्टराईलाई मनोनित गरेका हुन् । यसअघि सो पदमा देव गुरुङ थिए । विद्यार्थी आन्दोलनमा लामो समय क्रियाशील भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आम निर्वाचनमा खोटाङ जिल्लाबाट प्र...

राष्ट्रपति र प्रधानमन्त्रीबीच अदालतको फैसला, संसद बैठकलगायत विषयमा छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच अदालतको फैसला, संसद बैठकलगायत विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवीबीच भेटवार्ता भएको छ । हिजो साँझ शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । गत मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री ओली पहिलोपटक राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । ...

नेकपाको आधिकारिकता सम्बन्धी फैसला फागुन २० गते हुने

नेकपाको आधिकारिकता सम्बन्धी फैसला फागुन २० गते हुने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता सम्बन्धी मुद्दाको अन्तिम फैसला यही फागुन २० गते हुने भएको छ । ऋषि कट्टेलले दायर गरेको रिटमाथिको सुनुवाई आज सकिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाईपछि निर्णय सुनुवाईको मिति तोकिएको हो । कट्टेल २०७५ मंसिरमा नेकपा आफ्नो नाममा दर्ता रहेको भन्दै निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको ...

बायोएन्टेक भ्याक्सिन हङकङमा यही शनिबार आउने

बायोएन्टेक भ्याक्सिन हङकङमा यही शनिबार आउने
२५ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । युरोपियन बायोएन्टेक/ फुसान कोभिड -१९ भ्याक्सिनको प्रथम ब्याच यही शनिबार बिहान हङकङ आइपुग्ने अपेक्षा गरिएको छ। गत रात जारी गरेको विज्ञप्तिमा सरकारले सांघाइ स्थित फुसान फार्माले आजको निर्धारित समयमा भ्याक्सिन ढुवानी गर्न असफल भएको जानकारी दिएको कुरा भनिएको थियोे । जर्मनीमा निर्यात प्रक्रिया पुर्ण नभएका कारण यस्तो भएको कुरा जनाइएको थियो । यो भ्य...

आजको हङकङ कोरोना केस संख्या १३

आजको हङकङ कोरोना केस संख्या १३
२५ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभागले आज बिहीबारको दिन १३ वटा कोरोना केस थपिएको जानकारी दिएकोछ। हङकङमा कुल कोरोना संक्रमित संख्या १०, ९२६ पुगेको छ। आज देखा परेका नयाँ केस अन्तर्गत १ आयातित ,३ जना अज्ञात स्रोतबाट आएका स्थानीय र बाकी ९ जना पुर्व केससंग संबंधित स्थानीय केस रहेकाछ्न। अज्ञात स्रोतबाट आएका केसमा एक जना ३४ वर्षका सेल्स पर्सन जसलाई गत शुक्रबार ज्वरो आए...

७३ वर्षकी वृद्वाले खुर्पा प्रहार गरि लोग्नेको हत्या गरिन

७३ वर्षकी वृद्वाले खुर्पा प्रहार गरि लोग्नेको हत्या गरिन
२५ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । एक ७३ वर्षीया मानसिक रोगबाट पीडित महिला आफ्नो ६९ वर्षीय लोग्नेलाई सुतिरहेको अवस्थामा खुर्पाले ६ चोटि प्रहार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेकी छिन। उनीहरुको छोरीले आज बिहान ४:२० बजे तिर प्रहरीलाई कल गरेर घटना जानकारी दिने क्रममा आफ्नी आमाले पितालाइ चप्पर (दाउ) प्रहार गरेर घाइते बनाएको कुरा बताएकी थिइन। घाइते पिताले छिटो प्रहरीलाई कल गर्न लगाएका...