जडवत औँलाहरू
बबिता बस्नेत
गोली हान्नका लागि बन्दुक ताक्दै गर्दा ‘कुनै पनि बहानामा हिंसा गर्नु पाप हो’ भन्ने आवाजले उसको ध्यान मात्र होइन हात पनि आफूतर्फ खिच्यो । उफ ! लामो सास फेरेर फेरि उसले आँखा चिम्म गरी । आँखा चिम्लिनासाथ अगाडि उभिएर स्टिभले भन्यो—‘सिल्भिया, तिमी मलाई मार्न पनि सक्छ्यौ?’ उसले जवाफमा— ‘तिमीले त मेरो हत्या दुई वर्ष अघि नै गरिसकेका हौ, मेरो मनमा आउने सबै भावहरु तिमी र त्यो महिलाले खाईदिइसक्य...