हङकङ डलर एक करोडको फ्लाट कसले पार्ला?आजदेखि भ्याक्सिन लट्रीको फारम खुल्यो,पहिलो दिन मै ३,३८,००० जनाले फारम भरे
१५ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङको एउटा विशाल डिभलपर कम्पनी साइनो ग्रुपले उडाउन लागेको हङकङ डलर दस मिलियन भन्दा बढीको भ्याक्सिन लोटरिको रजिस्ट्रेसन प्रक्रिया आज अर्थात जुन १५ तारीख बिहान ९ बजेबाट खुला भएको छ। योग्य नागरिकहरुले आजबाट धमाधम अन्लाईन फारम भर्न थालेका छ्न । कतिपयले साइनो ग्रुपको सपिङ मलहरुमा राखिएको बुथमा गएर फारम भरेका छ्न।आयोजाकले दिएको जानकारी अनुसार ३...









