हङकङमा कोरोना भ्याक्सिन प्राप्त गर्ने तरिका

हङकङमा कोरोना भ्याक्सिन प्राप्त गर्ने तरिका
क्रान्ति सुब्बा फेब्रुअरी २६ तारीख शुक्रबारबाट हङकङ सरकारले जनसाधारणलाई  निशुल्क कोभिड खोप वितरण गर्न थालिसकेको छ। भ्याक्सिन र  भ्याक्सिन ग्रहण कार्यबिधी बारे केही जानकारी दिने प्रयास यहाँ गरिएकोछ। . कस्तो किसिमको भ्याक्सिन हङकङमा  उपलब्ध छ? हङकङ सरकारले निम्न तीन उत्पादन कम्पनीबाट ७५ लाख ( ७.५ मिलियन ) डोज भ्याक्सिन खरिद गरेको छ। ती हुन : साइनोभ्याक बायोटेक, फाइजर-बायोएन...

हङकङमा १४ जना कोरोना केस थपियो आज,K11 सपिङ मल अझै बन्द रहने,सामाजिक दुरि सम्बन्धि नियम दुइ हप्ता थपियो

हङकङमा १४ जना कोरोना केस थपियो आज,K11 सपिङ मल अझै बन्द रहने,सामाजिक दुरि सम्बन्धि नियम दुइ हप्ता थपियो
१ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । आज हङकङमा १४ जना कोरोना पुष्ठि केस दर्ज भएकोछ। हङकङमा कुल कोरोना केस संख्या ११,०२० पुगेकोछ। आज देखापरेका केसमा तीन वटा आयातित( दुइ जना इन्डोनेसिया र एक जना पाकिस्तानबाट फर्किएका) , पाँच वटा अज्ञात स्रोतवाला स्थानीय र बाँकी छ जना पुराना रोगीबाट सरेर आएका स्थानीय केस रहेकाछ्न। अज्ञात स्रोतबाट संक्रमित पहिलो रोगी ( केस नम्बर . ११००९)  २३ वर्षीय पुर...

हङकङमा आज २२ जना नयाँ कोरोना केस थपिए, K11 क्लस्टरबाट संक्रमित हुनेको संख्या ४४ पुग्यो

हङकङमा आज २२ जना नयाँ कोरोना केस थपिए, K11 क्लस्टरबाट संक्रमित हुनेको संख्या ४४ पुग्यो
२८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २२ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकाछ्न। जसमा ५ आयातित ( ३ जना फिलिपिन्सबाट आएका डोमेस्टिक हेल्पर, १ जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर र एक जना पाकिस्तानबाट आएकि ४३ वर्षीया महिला  यात्री  ) र...

हङकङ डलर ८०,०००बेरोजगारी ॠण र प्रत्येकलाई $५,००० को कुपनबारे प्रतिक्रिया-“गरिबलाई फाइदा नहुने योजना”

हङकङ डलर ८०,०००बेरोजगारी ॠण र प्रत्येकलाई $५,००० को कुपनबारे प्रतिक्रिया-“गरिबलाई फाइदा नहुने योजना”
२८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । यस वर्षको वार्षिक बजेट अन्तर्गत सरकारले गत वर्ष जस्तो हङकङ डलर दस हजार वितरण गरेन । जसको सट्टामा सरकारले इलेक्ट्रोनिक माध्यमबाट खर्च गर्न मिल्ने हङकङ डलर पाँच हजार बराबरको भौचर मात्रै दिने निर्णय गर्‍यो । प्रत्येक १८ वर्ष  टेकेका र १८ वर्ष भन्दा माथिका हङकङका स्थाइ वासिन्दा र हङकङ भर्खरै प्रवेश गरेकाले हङकङ डलर पाँच हजार बराबरको इलेक्ट्रोनिक भ...

बायोएन्टेक भ्याक्सिन हङकङमा यही शनिबार आउने

बायोएन्टेक भ्याक्सिन हङकङमा यही शनिबार आउने
२५ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । युरोपियन बायोएन्टेक/ फुसान कोभिड -१९ भ्याक्सिनको प्रथम ब्याच यही शनिबार बिहान हङकङ आइपुग्ने अपेक्षा गरिएको छ। गत रात जारी गरेको विज्ञप्तिमा सरकारले सांघाइ स्थित फुसान फार्माले आजको निर्धारित समयमा भ्याक्सिन ढुवानी गर्न असफल भएको जानकारी दिएको कुरा भनिएको थियोे । जर्मनीमा निर्यात प्रक्रिया पुर्ण नभएका कारण यस्तो भएको कुरा जनाइएको थियो । यो भ्य...

आजको हङकङ कोरोना केस संख्या १३

आजको हङकङ कोरोना केस संख्या १३
२५ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभागले आज बिहीबारको दिन १३ वटा कोरोना केस थपिएको जानकारी दिएकोछ। हङकङमा कुल कोरोना संक्रमित संख्या १०, ९२६ पुगेको छ। आज देखा परेका नयाँ केस अन्तर्गत १ आयातित ,३ जना अज्ञात स्रोतबाट आएका स्थानीय र बाकी ९ जना पुर्व केससंग संबंधित स्थानीय केस रहेकाछ्न। अज्ञात स्रोतबाट आएका केसमा एक जना ३४ वर्षका सेल्स पर्सन जसलाई गत शुक्रबार ज्वरो आए...

७३ वर्षकी वृद्वाले खुर्पा प्रहार गरि लोग्नेको हत्या गरिन

७३ वर्षकी वृद्वाले खुर्पा प्रहार गरि लोग्नेको हत्या गरिन
२५ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । एक ७३ वर्षीया मानसिक रोगबाट पीडित महिला आफ्नो ६९ वर्षीय लोग्नेलाई सुतिरहेको अवस्थामा खुर्पाले ६ चोटि प्रहार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेकी छिन। उनीहरुको छोरीले आज बिहान ४:२० बजे तिर प्रहरीलाई कल गरेर घटना जानकारी दिने क्रममा आफ्नी आमाले पितालाइ चप्पर (दाउ) प्रहार गरेर घाइते बनाएको कुरा बताएकी थिइन। घाइते पिताले छिटो प्रहरीलाई कल गर्न लगाएका...

कोरोना खोपको घातक असर पर्नेलाइ हङकङ डलर ३० लाख( नेरु ४ करोड पचास लाख ) क्षतिपूर्ति सरकारले दिने

कोरोना खोपको घातक असर पर्नेलाइ हङकङ डलर ३० लाख( नेरु ४ करोड पचास लाख ) क्षतिपूर्ति सरकारले दिने
२३ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङमा यही फेब्रुअरी २६ तारीखबाट जनसाधारणलाई कोरोना खोप उपलब्ध गराइदैछ। करिब ७०,००० जनाले खोप प्राप्तिको निम्ति अन्लाईन बुकिङ  गरिसकेकाछ्न । कोरोनाभाइरस भ्याक्सिनको २ हप्ताको लागि  छुट्याइएको सम्पूर्ण उपलब्ध कोटा फुल भैसकेको कुरा सरकारका प्रवक्ताले बताएका छ्न। पाँच वटा कम्युनिटी खोप प्रबन्धक सेन्टर र १८ वटा पब्लिक क्लिनिकमा दिइएको कोटा मार्...

हङकङ कोरोना रिपोर्ट : आज १६ जना पोजिटिभ पुष्टि

हङकङ कोरोना रिपोर्ट : आज १६ जना पोजिटिभ पुष्टि
२२ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना भाइरस संक्रमित पुष्टि  केस आज १६ देखिएकोछ। यहाको कुल कोरोना संख्या १०,८८४ पुगेकोछ। स्वास्थ रक्षण केन्द्रले घोषणा गरेको  आजको केस मध्येमा तीन आयातित ( तीन महिला इन्डोनेसियाबाट ) , ४ अज्ञात स्रोतबाट आएका स्थानीय र बाकी ९ केस पुर्व केसबाट संक्रमित भएर आएका स्थानीय केसहरु परेकाछ्न। अज्ञात स्रोतबाट आएको पहिलो केस हो ६६ वर्षीया...

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना खोप लगाइन आज

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना खोप लगाइन आज
२२ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङमा कोभिड-१९ भ्याक्सिनको उदघाटन हङकङकि राज्य प्रमुख क्यारी लाम चेङ युत-ङोर स्वयंले आफ्नो पाखुरामा लगाएर गरेकी छिन। उनी संगै सरकारको केहि उच्च पदाधिकारीहरुले पनि आज सोमबार खोप लगाएकाछ्न। कानुनमन्त्री टेरेसा चेङ यक- वाह, प्रशासन मन्त्री म्याथिउ च्यङ,जनसेवा मन्त्री पेट्रीक निप,खाद्य तथा स्वास्थ मन्त्री सोफिया च्यान , आवास तथा यातायात मन्त्री फ्रयाङ...