हङकङको बिएनओ होल्डरलाई युके लान बेलायतले हङकङ डलर ४० करोड ६० लाख लगानी गर्ने तयारी
१३ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।
अप्रिल ८ तारीख बिहीबार बेलायती सरकारले ४ करोड ३० लाख पाउन्ड ( सरदर ४० करोड ६० लाख हङकङ डलर ) रकम बृटिस नेशनल ओभरसिज (BNO) भिसा मार्फत बेलायत गएका हङकङका वासिन्दाको लागि छुट्याएको थियो । नवागंतुकको रूपमा गएका हङकङ वासिन्दालाई स्थानीय रूपमा घुलमिल हुन सहज होस भनेर जिविकोपार्जनको लागि रोजगार सिर्जना गर्न, आवास तथा स्कुल आदिको व्यवस्थापन गर्न उल्लिखित रकम खर...









