हङकङमा १५ कोरोना केस, ७ जनालाई फाइन,केस नबढेमा सामाजिक दुरि अरु खुकुलो हुने
२० फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।
हङकङमा कोरोना संक्रमण तुलनात्मक हिसाबले हेर्दा नियन्त्रण उन्मुख नै देखिन्छ । फेब्रुअरी १८ तारीख बिहीबारबाट सामाजिक दुरि सम्बन्धि नियमलाइ पनि खुकुलो बनाइएको छ।सिनेमा घर देखि फिट्नेस सेन्टरहरु आफ्नो नियमित व्यावसायिक जिवनमा फर्किसकेका छ्न।चीनिया नयाँ वर्ष अर्थात लुनार नयाँ वर्ष भर्खरै सकिएको छ। चीनिया नयाँ वर्षको विदामा स्वाभाविक रुपमा मानिसको जमघट बढ्...









