मुन्धुमलाई संस्कारगत मान्यताभन्दा माथि उठाउनुपर्छ: थाङसाङ

मुन्धुमलाई संस्कारगत मान्यताभन्दा माथि उठाउनुपर्छ: थाङसाङ
यो समय साहित्यमा आइरहेको नश्लवादी चेतलाई गहिरोसँग अध्ययन, अनुसन्धान गरिरहेका कवि , समालोचक तथा रङ्गकर्मी बच्चु हिमांशुले मुन्धुम अध्येता तथा लेखक थाङसाङ लाओती ‘महामूर्ख’सँग गत बिहिबार प्रकाशित उनको किताब ‘मुन्धुम परम विज्ञान’माथि गरेको कुराकानी । प्रश्न: तपाईंको किताब 'मुन्धुम परम विज्ञान'मा तपाईंले मुन्धुम र विज्ञानबीच अन्तर्सम्बन्ध छ भनेर तर्क गर्नुभएको छ । किन तपाईंलाई यो विषयको उठान सा...

आज हङकङमा ६० जना कोरोना संक्रमित थपिने संभावना , कोरोना खोप अर्को महिनाबाट चालू हुने

आज हङकङमा ६० जना कोरोना संक्रमित थपिने संभावना , कोरोना खोप अर्को महिनाबाट चालू हुने
९ जनवरी २०२१।हङकङ ।क्रान्ति सुब्बा । हङकङमा आज ६० जना नयाँ कोरोना संक्रमित रोगी थपिने कुरा स्रोतले जनाएकोछ। हिजो हङकङमा ४५ केस थपिएको थियोे जसमा ३ वटा आयातित र ४२ वटा स्थानीय केस थिए। हिजोको तथ्यांक अनुसार हङकङमा कोरोना संक्रमित कुल संख्या ९,१५३ पुगेकोछ। हिजो नै तीन वटा बिल्डिङलाई अनिवार्य कोरोना टेस्टमा जाने आदेश जारी गरिएको थियोे ।ती हुन- काइ चिङ स्टेटको युत चिङ हाउस , ताइ वाइ स्थित मेइ ...

हङकङको संसद आक्रमणलाई समर्थन गर्ने अमेरिकाले क्यापिटल हिलको संसद आक्रमणलाई किन समर्थन गरेन – चीनिया परराष्ट्र मन्त्री

हङकङको संसद आक्रमणलाई समर्थन गर्ने अमेरिकाले क्यापिटल हिलको संसद आक्रमणलाई किन समर्थन गरेन – चीनिया परराष्ट्र मन्त्री
८ जनवरी २०२१ । क्रान्ति सुब्बा । चाइनाको बिदेश मन्त्रालयले अमेरिकाको क्यापिटल हिलमा भएको दंगालाई हङकङको आन्दोलनकारीले हङकङको विधायिकी परिषदको भवन कब्जा गर्न  सन २०१९ मा गरेको अराजक क्रियाकलाप संग तुलना गरेकोछ। बिहिवार भएको दैनिक पत्रकार भेटमा परराष्ट्र मन्त्रालयको प्रवक्ता हुवा चुनयिङले भनिन - "उग्रवादी आन्दोलनकारिले हिंसात्मक तवरले हङकङको संसद भवनमाथी आक्रमण गर्दा हङकङ प्रहरीले पेशागत मर्...

राष्ट्रपति ट्रम्पको फेसबुक ,इन्स्टाग्राम उनको कार्यकाल भरी बन्द रहने

राष्ट्रपति ट्रम्पको फेसबुक ,इन्स्टाग्राम उनको कार्यकाल भरी बन्द रहने
८ जनवरी २०२१ ( वाशिङ्टन) फेसबुक कम्पनीका सिइओ मार्क जकर्बर्गले राष्ट्रपति ट्रम्पको फेसबुक र इन्स्ट्राग्राम एकाउन्ट अझै दुई हप्तासम्मको लागि ब्लक रहने कुरा खुलासा गरेकाछ्न । नवनिर्वाचित राष्ट्रपति जो बाइडनलाई पद हस्तान्तरण यही जनवरी २० तारीख गरेपछि मात्र उनको एकाउन्ट खोलिनेछ। ट्रम्प समर्थकहरुले बुधबार अमेरिकी संसद भवनमा अराजक बितन्डा मच्चाएपछी २४ घन्टाको लागि ट्रम्पको फेसबुक बन्द गरिएको थ...

हङकङको रेलको लिकमा हाम फालेपछी रेलले किचेर मारयो

हङकङको रेलको लिकमा हाम फालेपछी रेलले किचेर मारयो
८ डिसेम्बर हङकङ । डिसेम्बर ७ तारीख करिब २:१३ बजे दिउँसो एकजना पुरुष सेङ सुइँको इस्ट रेल्वे लाइन एमटीआर स्टेशनको प्लेटफर्मबाट उफ्रेर रेलको लिकमा खसेका थिए र आउदै गरेको रेल उनी माथिबाट दौडिएको थियोे । प्रत्यक्षदर्शीका अनुसार प्रहरी र अग्नि नियन्त्रण टोलिले उनको खोजी गर्दा उनलाई रेलमुनी फेला पारेका थिए । उनको अवस्थालाई जाँचबुझ गर्दा उनको मृत्यु भैसकेको पाइयो। अग्नि नियंत्रकले उनको शरीरलाई बोक...

हङकङमा आज ३३ जना कोरोना संक्रमित थपिए जसमा एक नेपाली पनि परे

हङकङमा आज ३३ जना कोरोना संक्रमित थपिए जसमा एक नेपाली पनि परे
७ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा । सेन्टर फर हेल्थ प्रोटेक्सनकी प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज हङकङमा ३३ जना कोरोना संक्रमित रोगी थपिएको घोषणा गरेकी छिन जसभित्र चार आयातित र २९ जना स्थानीय रहेका छ्न। स्थानीय केस अन्तर्गतका २४ केस पुर्व केससंग संबंधित छ्न भने ५ केस अज्ञात स्रोतबाट आएकोछ।हङकङमा कोरोना संक्रमित संख्या ९,१०८ पुगेको छ। ४ देखि ८१ वर्षका १५ पुरुष र १८ महिला आजको संक्रमण सुची...

प्रधानमन्धी र प्रचण्ड–नेपाल पक्षको कदम बारे म अनभिज्ञ थिएँः वामदेव गौतम

प्रधानमन्धी र प्रचण्ड–नेपाल पक्षको कदम बारे म अनभिज्ञ थिएँः वामदेव गौतम
काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतमले आफ्नै दलका नेतामाथी संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउनु प्रचण्ड–नेपाल पक्षको महाभूल भएको बताएका छन् । आफू प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरोध गुटमा भए पनि अविश्वासको प्रस्ताव ल्याउन पटक पटक रोकेको स्पष्ट पार्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रनिनिधिसभा विघटन गर्दा र प्रचण्ड–नेपाल पक्षको अविश्वास प्रस्ताव दर्ता गराउने पक्षबा...

राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत हङकङका प्रजातन्त्रवादी युवा नेता जोशुवा वङ पक्राउ

राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत हङकङका प्रजातन्त्रवादी युवा नेता जोशुवा वङ पक्राउ
७ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङका प्रजातन्त्र समर्थक जम्मा ५३ जनालाई हिजो हङकङ प्रहरीले पक्राउ गरे लगत्तै आज अर्का युवा नेता जोशुवा वङ चि फङ र जनशक्ति समुहका उपाध्यक्ष ताम ताइ चि लाई राष्ट्रिय सुरक्षा ऐन भंग गरेको आरोपमा प्रहरीले पक्राउ गर्ने भएको छ। हिजो एक हजार प्रहरीको परिचालनमा समातिएका ५३ जना व्यक्तिहरु प्रजातन्त्र समर्थक आन्दोलनकारी , राजनीतिकर्मी,आन्दोलन अभियानकर्ता र एक...

भीम रावलसहित तीन नेतामाथि कारवाही गर्न सिफारिस

भीम रावलसहित तीन नेतामाथि कारवाही गर्न सिफारिस
काठमाडौं । नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलसहितका ३ जना नेतामाथि कारवाही गर्न सिफारिस गरिएको छ । हिजो बुधबार धनगढीमा बसेको नेकपा सुदूरपश्चिम (ओेली समूह) को बैठकले पार्टी इन्चार्ज रावललाई बर्खास्त गर्दै आवश्यक कारवाहीका लागि केन्द्रीय कमिटिलाई सिफारिस गर्ने निर्णय गरेको जनाएको छ । रावलले बैँक खातामा भएको ३० लाख रुपैयाँ गायब पारेको भन्दै आर्थिक अनियमितता गरेकाले पार्टीको विधान बमोजिम कारव...

श्रीमतीको हत्या गरि फरार व्यक्ति झुण्डिएको अवस्थामा फेला

श्रीमतीको हत्या गरि फरार व्यक्ति झुण्डिएको अवस्थामा फेला
पाँचथर । आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरि हत्या गरेर फरार रहेका एक व्यक्ति मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेपश्चात् फरार रहेका उनी बुधबार गाउँकै ...