हङकङमा अब ७ दिन मात्र क्वारेन्टाइन बस्नुपर्ने कोरोना भ्याक्सिनको दुबै डोज लगाएमा
४ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङमा कोरोना खोपकरण परियोजनालाई सरकारले जतिसुकै उत्साहजनक तरिकाले प्रचारप्रसार गरेता पनि जुन रफ्तारमा जनताले खोप लाउने आशा गरिएको थियो सो अनुसार नभई रहेको स्थिति छ। खोप लगाइसकेपछी दुर्भाग्यवश केहि मानिसको मृत्यु अन्य कारणले भएता पनि भ्याक्सिन लगाएपछि मृत्यु भएको सन्देश जानाले भ्याक्सिन प्रति नागरिकको मोह भंग भएको बुझ्न सकिन्छ । यथाशीघ्र ५० प्रतिशत जनसंख्याला...