चुनावको दिन यातायात कम्पनीले निशुल्क सेवा दिने: क्यारी लाम
क्रान्ति सुब्बा । हङकङ ।
हङकङकि कार्यकारी प्रमुख क्यारी लामले डिसेम्बर १४ तारिख मंगलबार हङकङका प्रमुख यातायात अपरेटरहरू (एमटिआर, बस र ट्राम )ले स्वेच्छाले विधायिका (व्यवस्थापिका) परिषदको चुनावको दिन नि: शुल्क सेवाहरू उपलब्ध गराउने भएको कुरा बताएकी छिन। तर मतदाताको मतदान दर बढाउने हेतुले यो काम गर्न लागिएको होइन बरु यो त सामुहिक उत्तरदायित्वबोधको संकेत भएको भन्ने कुरा स्पष्ट पारिन।...









