हङकङमा ४१ जना कोरोना संक्रमित थपिए, लाम तीन टनल कन्स्ट्रक्सन साइटमा फेरि संक्रमण देखियो
३ जनवरी २०२१।हङकङ । क्रान्ति सुब्बा ।
हङकङमा कोरोना संक्रमित संख्या घट्दो अवस्थामा जादै गरेको देखिन्छ । आज थपिएका नयाँ ४१ केस अन्तर्गत १ आयातित र बाकी ४० स्थानीय परेकाछ्न। स्थानीय केसका २४ जनालाई पुरानो रोगीबाट कोरोना सरेको पुष्ठि भएकोछ भने बाँकी १६ जनालाई कसरी कोभिड लाग्यो स्रोत पहिल्याउन सकिएको अवस्था छैन। हङकङमा कुल कोरोना संक्रमित संख्या ८,९६५ पुगेकोछ। आज दर्ता भएका केस भित्र ९ देखि ८२ वर्...









